०५ साउन २०८३, मंगलबार

पार्टीमै लिखित आरोप लागेपछि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनैपर्छ : बाबुराम

पार्टीमै लिखित आरोप लागेपछि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनैपर्छ : बाबुराम

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनुपर्ने बताएका छन् ।

पार्टीभित्र लिखित आरोप लागिसकेपछि ओलीलाई हटाउनैपर्ने उनको जीकिर छ ।

'नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है ।

१. राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;

२.ओली सरकारको असफलता/भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ,' भट्टराईले लेखेका छन् ।

हेर्नुहोस्, भट्टराईको ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्