काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणका कारण आज थप दुई पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारार्थ पनौतीका ८७ वर्षीय र बनेपा नगरका ८४ वर्षीय दुई वृद्ध रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।