काठमाडौं, ३१ वैशाख –कूटनीतिक समुदायले पर्यवेक्षण गर्न नपाएकोमा भने गुनासो गरेका छन् । नेपालस्थित कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय निकायलाई निर्वाचनमा पर्यवेक्षण अनुमति दिइएको छैन ।
अमेरिका, ईयू, फ्रान्स, नर्वे, डेनमार्क, बेलायतलगायत कूटनीतिज्ञहरूले दुवै चरणको निर्वाचनको अध्ययन अवलोकन गर्ने इच्छा जाहेर गरे पनि सरकारले उनिहरूलाई अनुमति दिएन । विभिन्न कुटनीतिक नियोग र अन्तर्राष्ट्रिय समुदायले निर्वाचनको पर्यवेक्षणका लागि इच्छा जाहेर गरे पनि निर्वाचन आयोगले अनुमति दिएन ।
आयोगले यसअघिको पर्यवेक्षणको अवस्था हेरेर नै विदेशी निकायलाई औपचारिक पर्यवेक्षक नबनाएको जनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन पर्यवेक्षणका लागि ४९ संस्थाका ५० हजार व्यक्तिलाई अनुमति दिए पनि कूटनीतिक समुदायलाई यस पटक अनुमति छैन ।
निर्वाचन आयोगमार्फत विशेष पास लिएकाहरूले उपत्यकाका केही स्थानमा स्थलगत अवलोकन गर्न सक्ने छन् ।
सरकारले निर्वाचन अवधिमा उनीहरूलाई नयाँ परियोजना अघि नबढाउनसमेत निर्देशन दिइसकेको छ । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले स्वदेशी पर्यवेक्षकबाट नै अनुगमन हुने बताए ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।