पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ५१३ महिला र ७१६ पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँमा १२ हजार ४४१, ललितपुरमा दुई हजार २४४ र भक्तपुरमा ९८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँ ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
