२६ जेठ २०८३, मंगलबार

राष्ट्रपतिका उम्मेदवार पक्राउ परेपछि युगान्डामा सुरु भयो हिंसा

मंसिर ४, २०७७
राष्ट्रपतिका उम्मेदवार पक्राउ परेपछि युगान्डामा सुरु भयो हिंसा

युगान्डाका राष्ट्रपति पदका उम्मेदबार क्राउ परेपछि तनाव सुरु भएको छ । उम्मदवार बोबी वाइन पक्राउको विरोधमा युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ ।

 सो हिंसात्मक प्रदर्शनमा परेर सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समयानुसार सोमबारसाँझबाट यहाँ शुरु भएको यस प्रदर्शनको क्रममा सात जनाको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका प्रहरी प्रवक्ता फ्रेड एनानगाले बताएका छन् ।

युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनका उम्मेदवार बोबी वाइन त्यहाँको विपक्षी राजनीतिक दलको नेता पनि हुन् ।

युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्