१० असार २०८३, बुधबार

पहेंलो ट्राफिक बत्तीको रोचक इतिहास

फागुन २२, २०७७
पहेंलो ट्राफिक बत्तीको रोचक इतिहास

सडकमा गाडी चलाउँदा ट्राफिक बत्ती त तपाईंले याद गर्नुभएकै होला । 

रातो बत्ती बल्दा गाडी रोक्ने अनि हरियो बल्दा गाडी अघि बढाउने गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर त्यो बीचको पहेंलो बत्ती किन आवश्यक छ भन्ने कसैकसैलाई लाग्ला । त्यसको आफ्नै रोचक इतिहास छ । 

सन् १९२३ मा ग्यारेट मोर्गन नामक व्यक्तिले रातो र हरियो बत्तीसँगै तेस्रो विकल्प हुनुपर्ने भन्दै पहेंलो बत्तीको पेटेन्ट गराएका थिए । गाडीचालकलाई गाडी बन्द र शुरू गर्नुअघि सतर्क बनाउन पहेंलो बत्ती बालिन्छ । 
 

मोर्गनको जन्म अमेरिकाको केन्टकी राज्यमा सन् १८७७ मा भएको थियो । चौध वर्षको उमेरमा उनी जागिरको खोजीमा ओहायो पुगे । त्यहाँ सानतिना काम गरेपछि सन् १९०७ मा उनले गाडीको वर्कशप खोले । 

ओहायोका सडकमा गाडीहरूको भीड हुन्थ्यो । ट्राफिक सिग्नल पनि रातो र हरियो मात्र हुन्थ्यो । 

चालकहरूलाई रातो र हरियो बत्तीको संकेत पहिलेबाट थाहा हुन नसक्दा दुर्घटनाको स्थिति निम्तिन्थ्यो । 
 

मोर्गनले ट्राफिक सिग्नलमा दुर्घटना भएको देखेपछि दिमागलाई सतर्क गर्ने केही कुरा आवश्यक छ भन्ने सोचे अनि पहेंलो बत्ती आविष्कारका लागि बाटो खोले । रातो र हरियो बल्नुअघि पहेंलो बत्तीले चालकलाई सतर्क गराउँछ । 
 

salt training

कमेन्ट गर्नुहोस्