रामेछाप, ३१ वैशाख– रामेछापको दोरम्बा गाउँपालिकाको पुन्चेट मतदान केन्द्रमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
मतदान केन्द्रमै चुनाव प्रचार प्रसार गर्न खोजिएको भन्दै झडप भएको बुझिएको छ । झडपका कारण सो मतदान केन्द्रमा मतदान स्थगित भएको जनाइएको छ ।