१० असार २०८३, बुधबार

तीन घण्टामा १५ लाखले गरे मतदान, मनाङमा ४२ प्रतिशत मत खस्यो

कात्तिक २०, २०७४
तीन घण्टामा १५  लाखले गरे मतदान, मनाङमा ४२ प्रतिशत मत खस्यो

काठमाडौं, ३१ वैशाख –आईतवार चलेको स्थानीय तहको निर्वाचनमा धमाधम मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार विहान ७ बजेदेखि चलेको मतदानमा १० बजेसम्म करीव १५ लाखले मतदान गरिसकेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म करीव ३० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।

आयोगका अनुसार मनाङमा ४२ प्रतिशतसम्म मत खसेको छ । सबै जिल्लामा औषतमा ३० प्रतिशत मत खसेको आयोगले जनाएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

मतदान सकिएपछि निर्वाचन अधिकृतको निर्णय अनुसार मतपत्र गणना गरिने आयोगले बताएको छ ।

पहिलो चरण अन्तर्गत आइतवार ३ प्रदेशका ३४ जिल्लामा मतदान चलिरहेको छ । झण्डै साढे ६ हजार मतदान केन्द्रबाट मतदान चलिरहेको छ । तीन प्रदेशका झण्डै साढे ६ हजार मतदान केन्द्रबाट करीव साढे ४९ लाख मतदाताले मतदान गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्