०६ असार २०८३, शनिबार

काभ्रेमा गोली चल्दा मतदान स्थगित

कात्तिक २०, २०७४
काभ्रेमा गोली चल्दा मतदान स्थगित

धुलिखेल, ३१ वैशाख– मोटर साइकलमा आएको अज्ञात समूहले चलाएको गोली लागि काभ्रेको नमोबुद्धमा एक जना सर्वसाधारणको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

जिल्लाको नमोबुद्ध–४ मेथिनकोटस्थित जनक माविको मतदान केन्द्रमा मतदान स्थगित भएको हो । मतृकका परिवार तथा स्थानीयले मृतक परिवारले क्षतिपूर्ति र घटनामा संलग्नलाई कारबाही नगरिएसम्म मतदान गर्न नआउने अडान लिएपछि मतदान स्थगित गरिएको जनाइएको छ । 

गए राती अपरिचित व्यक्तिले सशस्त्र प्रहरीलाई लक्षित गरी गोली चलाउँदा नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मिथिनकोटका ३१ बर्षका नवराज पाठकको मृत्यु भएको थियो ।

गस्तीमा रहेको सशस्त्र प्रहरीलाई लक्षित गरी चलाएको गोली घरमा बसिरहेका पाठकलाई लागेको थियो । गोली लागि घाइते भएका पाठकको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

गस्तीमा रहेको प्रहरीले मोटरसाइकलमा आएका युवालाई रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल बहादुर थापाले लोकान्तरलाई जानकारी दिए ।

काभ्रेको घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्