कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
एकातिर तपाईंको दराजमा नलगाइकन १० थरी ज्याकेट र स्वेटर झुन्डिरहँदा अर्कातिर जाडोमा चिसो लागेर केही मानिसको ज्यान नगएको होइन। भित्ताभन्दा ठूलो टिभी, कहिले पनि प्रयोग नहुने ठूला घरका कोठाहरू ।
छोराछोरीको बिहे हुने बेलासम्म पनि स्टोर गरेर राखिएको बाबुआमाको बिहेका गिफ्टहरू । जिउ घटाएर लगाउँछु भनेर राखिएको फिट नहुने लुगा । ३७४ दिन थोत्रो प्लेट र पकाएकै भाँडाबाट पस्कँदै खाँदै गर्दा दराजबाट तपाईंलाई हेरिरहेका ती वाइनका ग्लास र प्लेटहरू जो प्रयोग हुनका लागि सधैँ आतुर छन् । २० लाखको हिराको हार लगाएर बिहे गरेकाहरूको पनि डिभोर्स भएको छ । १ लाख हारको सट्टा ५ लाखको हारले ५ गुणा बढी खुशी दिँदैन । खुशीको मूल्य हुँदैन।
mk, mन त हामी जन्मिँदा हामीसँग कुनै भौतिक स्वामित्व थियो न त हामी मरेर जाँदै गर्दा भौतिक स्वामित्व लिएर जान्छौँ । तर जीवनभर हामी भौतिक स्वामित्वका लागि आफ्नै सन्तानसँग पनि लड्न पछि पर्दैनौँ । हाम्रो मूल्य र मान्यतालाई हामीसँग भएको सामानले देखाउन सक्दैन। भौतिक परिवेशले हामीलाई केही समयका लागि मात्र खुशी दिन्छ । यदि तपाईं आफूलाई चाहिनेभन्दा बढी वस्तु सञ्चय गर्नुहुन्छ भने त्यसले केबल तपाईंको समय, ऊर्जा र स्वतन्त्रतालाई नोक्सान पुर्याएको हुन्छ । हामी भविष्यको खुशी र सन्तुष्टिका लागि वर्तमान गुमाउँछौ ।
मानिस विभिन्न कारणले गर्दा अतिसूक्ष्मवादी बन्छन् । धन सम्पत्ति , सुख सुविधा, इज्जत हुँदा पनि कति मानिसहरू खुशी हुँदैनन् । त्यसले उनीहरूलाई भौतिक चिजबाट वितृष्णा जागेर आउँछ । हामी त्यस्तो समाजमा बस्छौं जहाँ उपभोक्तावादले हामीलाई खुशी बनाउँछ, हामी तब मात्र खुशी हुन्छौँ जब हामीसँग अरूभन्दा बढी हुन्छ । आखिर अतिसूक्ष्मवाद के हो त ? अतिसूक्ष्मवादलाई सजिलै परिभाषित गर्न सकिँदैन तर थौरै अति आवश्यक साधन स्रोतहरूसँग बाँच्न सक्षम हुनु नै अतिसूक्ष्मवाद हो ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार प्रत्येक वर्ष विश्वमा सबैलाई खुवाउन पर्याप्त खाद्य उत्पादन हुन्छ । तर उत्पादित सबै खाद्यान्नको एक तिहाइ १.३ अर्ब टन खाद्यान्न खेर फाल्छौँ जसको मूल्य झन्डै ४० बिलियन डलरको हुन्छ । एकातिर खाद्यान्न खेर जाँदै गर्दा नौ जनामध्ये एक जनासँग खानका लागि पर्याप्त खाद्यान्न हुँदैन । ७९३ मिलियन मानिस पोषणले ग्रस्त छन् । ३.१ मिलियन बच्चाहरू प्रत्येक वर्ष न्यूनपोषणबाट मर्दछन् | यस्तो तथ्याङ्क देख्दादेख्दै पनि हामी आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सकिरहेका छैनौं ।
अतिसूक्ष्मवाद को चर्चा हाम्रो धर्म शास्त्रमा पनि गरिन्छ तर पनि व्यवहारमा आएको देखिँदैन । साधारण जीवन व्यतित गरेका कृष्णप्रसाद भट्टराईको भने अतिसूक्ष्मवाद जीवनशैली थियो । उनी प्रधानमन्त्री हुँदा एउटा सुराई, टिनको बाकस (कन्तुर) र छाता लिएर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका थिए । र, पदमुक्त हुँदा तिनै सामान लिएर फर्केका थिए । नभएको पैसाले नचाहिएको सामान किनेर नचिनेको मान्छेलाई इम्प्रेस पार्ने संस्कार बोकेका हामी नेपालीको माझमा कृष्णप्रसाद भट्टराई जस्ता व्यक्ति बिरलै फेला पर्छन् ।
हाम्रो धर्मशास्त्रमा अतिसूक्ष्मवादलाई अपरिग्रह भनिन्छ । अपरिग्रह भनेको आफूलाई नचाहिने अनावश्यक वस्तुको सङ्ग्रह नगर्नु हो । हरेक वस्तु वा सम्पत्तिको मालिक आफूलाई ठान्नु परिग्रह हो । यसको विपरीत ती यावत् वस्तुहरूको स्वामित्वबाट अलग्गिनु अपरिग्रह हो । सङ्क्षेपमा सङ्क्षिप्त जीवनयापनभन्दा बढी अनावश्यक भौतिक वस्तुको सङ्ग्रह नगर्नु नै अपरिग्रह हो । यस्तै जापानी संस्कृतिमा पनि अतिसूक्ष्मवादलाई दानसरि (Danshari) भनिन्छ । दानको अर्थ अनावश्यक वस्तुहरूको सञ्चय गर्नु 'स' को अर्थ घरमा भएका अनावश्यक सामानहरू फ्याँक्नुहोस् र 'रि' को अर्थ सामग्री किन्ने प्रलोभनबाट टाढा रहनुहोस् ।
हाम्रो जीवनशैली भागदौडमा बित्दै गर्दा हामीसँग अनुभव सञ्चय गर्ने समय नै हुँदैन । तपाईंलाई आवश्यक नभएको सबै चिज हटाउनुहोस् । वस्तुहरू सञ्चय गर्नुभन्दा अनुभव सञ्चय गर्नु राम्रो कुरा हो । हाम्रो संस्कृतिले हामीलाई जति बढी भयो त्यति राम्रो भन्ने मात्र ज्ञान दिन्छ । आजकल अधिकांश मानिसहरू भौतिकवादी भएका छन् । हामी भौतिक वस्तुप्रति यति धेरै फोकस गर्छौं, आफ्नो फाइदाका लागि हामी हाम्रो स्वतन्त्रता, नाता र स्वास्थ्यलाई पनि दाउमा लगाउन पछि पर्दैनौँ ।
मिनिमलिज्मलाई दर्शनका रूपमा हेरिन्छ । जसलाई तपाईंले आत्मासाथ गर्नुभयो भने तपाईं बढी सरल र कम तनावपूर्ण जीवन बिताउन सक्नुहुन्छ । आफूलाई आवश्यक नभएका वस्तुहरूबाट छुटकारा पाउन सक्नुभयो भने तपाईं आध्यात्मिक विकासका लागि धेरै समय खर्च गर्न सक्नुहुन्छ । अनावश्यक चिजहरू ती चिज हुन् जुन तपाईंलाई खासै आवश्यक पर्दैन र जसले तपाईँको जीवनमा कुनै मूल्य राख्दैन । जब तपाईँ बेकारका अनावश्यक सामानहरूको पछाडि दौडनुहुन्छ तब तपाईंसँग वास्तवमै मूल्यवान चिजहरूको कमी हुनेछ ।
मिनिमलिस्टहरू अधिक दिगो जीवन बिताउँछन् किनभने थोरै स्रोतहरूको उत्पादनमा प्रयोग हुन्छन् र कम फोहोर डिस्पोजलको समयमा उत्पादन हुन्छ ।
तपाईंको सरल जीवनशैलीको स्वरूप अरूको जस्तै भन्ने छैन, मुख्य कुरा के हो भने तपाईँले अनावश्यक वस्तुलाई हटाएर आवश्यक वस्तुलाई ठाउँ दिनुभएको छ कि छैन भन्ने हो । हाम्रा घरहरू गोदामजस्तै देखिन्छन् । हामीसँग यति धेरै समान जसलाई हामीले प्रयोग गर्दैनौँ । मिनिमलिस्टहरू मानिस होसियारी र जानीबुझी केबल उनीहरूलाई चाहिने कुराको साथ मात्र बाँच्न प्रयास गर्दछन् । मिनिमलिस्ट को मन्त्र: "आवश्यक पहिचान गर्नुहोस् र बाँकी सबै कुरा हटाउनुहोस्” । तपाईंसँग कस्तो र कति वटा वस्तु चिजहरू छन् भन्ने कुरा महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण कुरा ती वस्तुले तपाईँको जीवनमा कति मूल्य राख्छ भन्ने हो ।
कम स्वामित्वले हाम्रो जीवनमा ठूलो फाइदा ल्याउँछ: कम तनाव, कम ऋण, बढी समय, बढी स्वतन्त्रता । आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनुहोस् । जे छ त्यसमा खुशी हुन् सिक्नुहोस् । न्यूनतावाद कट्टरपन्थी जीवनशैली होइन, तर यो यस्तो जीवनशैली जसले अनावश्यक चिजहरूबाट छुटकारा दिन्छ र तपाईंलाई अर्थपूर्ण स्वतन्त्रता र जागरूकतापूर्ण सुखी जीवन जिउन अनुमति दिन्छ । जब तपाईं अनावश्यक वस्तुहरूलाई तपाईँको जीवनशैलीबाट हटाउनुहुन्छ, तब तपाईं जीवनको महत्त्वपूर्ण भागहरूमा स्वास्थ्य, सम्बन्ध, भावनामा अझ बढी ध्यान केन्द्रित गर्न सक्षम हुनुहुन्छ; उपभोग एक विषाणु हो जुन विश्वभरि जङ्गली आगोका रूपमा फैलिएको छ ।
बढ्दो अनावश्यक बजारीकरण, तडकभडक प्रचारप्रसारका कारणले हामीले आफैंलाई नियन्त्रण गर्न गाह्रो बनाउँछ । त्यसैले हामी अनावश्यक चिजहरूमा बढी पैसा खर्च गर्छौँ । स्थिरता र वातावरणीय सचेतना नै न्यूनतम जीवनको आधार हो, जुन केवल आवश्यक वस्तुहरूमा मात्र केन्द्रित हुन्छ । त्यसले मिनिमलिस्टहरूले Zero-waste मा विश्वास गर्छन् जसमा त्यस्तो समान किन्नु जसले कम Waste गरेर वातावरण प्रदूषण हुनबाट जोगिन्छ ।
तपाईंको घरमा भएका अनावश्यक वस्तुहरू हटाउनुहोस् । तपाईंलाई वास्तवमै आवश्यक पर्ने वस्तु मात्र किन्नु र सञ्चय गर्नुहोस् । बजारमा सस्तोमा उपलब्ध छ, सबैले किनेका छन् भन्दैमा किन्नुपर्छ भन्ने छैन । केही मानिसहरू शब्द अतिसूक्ष्मवादलाई नकारात्मक अर्थमा पनि हेर्छन् । अतिसूक्ष्मवादको अर्थ त्याग गर्नु मात्र होइन ।
अतिसूक्ष्मवाद जीवनशैली भनेको तपाईंसँग जे छ त्यो नै पर्याप्त छ । जे छ त्यसमा आनन्द लिनुहोस् । तपाईंसँग जे छैन त्यसमा चिन्ता नगर्नू । यसरी सोच्नुभयो भने तपाईँले आफ्नो जीवनलाई कम तनावपूर्ण बनाई पहिलेको जीवनभन्दा धेरै सुन्दर, सरल बनाउन सक्नुहुन्छ । तपाईं के किन्न सक्नुहुन्छ कि हुन्न ? भन्दा पनि के साँच्चिकै तपाईंलाई यसको आवश्यक छ त ? नहुन सक्छ । तपाईंले किन्न सक्ने सबै समान खरिद गर्नुपर्छ भन्ने छैन ।
हाम्रो जीवन तनावले भरिएको छ, दुर्भाग्यवश: । शरीरमा मानसिक र शारीरिक दुर्व्यवहारको परिणामस्वरूप मांसपेशी पीडा, माइग्रेन र रोगहरूले हामीलाई दयनीय जीवन बाँच्न बाध्य बनाइरहको छ । जब हामी असीमित आवश्यकताहरूको भार बोकेर जीवन बिताएका हुन्छौं तब हामीभित्र तनाव उत्पन्न हुन्छ । अरूलाई इम्प्रेस पार्ने संस्कार बोकेका हामी नेपालीका लागि अपरिग्रह एउटा महत्त्वपूर्ण सूत्र हो ।
यदि तपाईँले आवश्यकता नभएका समानहरू किन्ने बानी बसाल्नुभयो भने एक दिन तपाईँले आफूसँग भएका आवश्यक चिजहरू बेच्नुपर्ने बेला आउँछ। उपभोक्तावाद मिडिया र सामाजिक सञ्जालद्वारा प्रेरित एउटा डरलाग्दो कुलत हो । देखाउनका लागि गरिने किनबेचको संस्कृतिले समाजलाई कमजोर बनाउँछ । आवश्यकताभन्दा बढी खरिद गर्ने बानी व्यक्तिगत समस्या नभएर सामाजिक समस्या हो । हामीसँग थुप्रै समस्या छन् । समस्या समाधान गरेर मात्र हुँदैन। तपाईंको सोच्ने तरिका परिवर्तन गर्दा तपाईँको बाँच्ने तरिका परिवर्तन हुनेछ।
अतिसूक्ष्मवाद जीवन बाँचौँ । जीवन क्षणिक छ तैपनि हामीमा भएको असीमित इच्छाले चाहिने नचाहिने वस्तु सञ्चय गर्ने प्रवृत्ति को अन्त्य भएको छैन। जब मोहको अन्त्य हुन्छ तब सङ्ग्रह गर्ने प्रवृत्ति आफैं हराएर जान्छ । इच्छाअनुसार होइन आवश्यकताअनुसार जीवन बिताउनुहोस् । जीवन सुन्दर हुनेछ । नभएको पैसाले नचाहिएको सामान किनेर नचिनेको मान्छेलाई इम्प्रेस पार्ने संस्कार आजैदेखि अन्त्य गरौं र अतिसूक्ष्मवाद जीवनशैलीलाई अनुसरण गरौं ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...