२६ जेठ २०८३, मंगलबार

अख्तियारको प्रगति १२% मात्रै

मंसिर ८, २०७७
अख्तियारको प्रगति १२% मात्रै

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) हेटौंडाले चालू आर्थिक वर्ष ०७७/०७८ को पछिल्लो ४ महिनाका अवधिमा १२ दशमलव ८७ प्रतिशत प्रगति हासिल गरेको छ । 

गत साउन, भदौ, असोज र कात्तिक महिनाका अवधिमा सो प्रगति हासिल गरेको हो ।

कोभिड– १९ को असहज परिस्थितिका कारण काम गर्न समस्या भए पनि अब बिस्तारै लक्ष्य प्राप्तिलाई वृद्धि गर्ने लैजाने आयोगले जनाएको छ ।
 
आयोगको कार्यक्षेत्र वाग्मती प्रदेशको काठमाडौं, ललितपुर र सिन्धुली बाहेकका ९ वटा जिल्ला र यसैगरी २ नम्बर प्रदेशको बारा र पर्सा जिल्ला समेत पर्दछन् । पछिल्लो ४ महिनामा आयोगमा ६१४ विविध प्रकृतिका उजरी परेका छन् । तीमध्ये ७९ मुद्दा फैसला भएका छन् भने ५३५ मुद्दा फैसला हुन बाँकी रहेको आयोगले जनाएको छ । 

सो अवधिमा उजुरी परेका मुद्दाको अवस्था हेर्दा अदुअआको कार्य क्षेत्रअन्तर्गत सबैभन्दा बढी २ नम्बर प्रदेशको बारा जिल्लाका १९७ वटा र सबैभन्दा कम वाग्मतीको रसुवा जिल्लाको २ वटा मात्र उजुरी परेको तथ्यांक छ ।

जिल्लाको अवस्था क्रमशः चितवन ६५, मकवानपुर १५१, रामेछाप २०, काभ्रेपलाञ्चोक छ, भक्तपुर १, नुवाकोट ४, धादिङ २३ र सिन्धुपाल्चोकका ७ वटा उजुरी परेका छन् । २ नम्बर प्रदेशतर्फ पर्सा जिल्लाका १२५ उजुरी रहेका तथ्यांकमा उल्लेख छ । 

४ महिनाको अवधिमा यस आयोगमा परेका ६१४ उजुरीमध्ये स्थानीय तह २७०, स्थानीय तह (शिक्षा) ९९, ऊर्जा जलस्रोत ताथ सिँचाइ मन्त्रालय ११, प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी (कृषि तथा पशुपन्छी विकास) का १६, प्रदेश भौतिक पूर्वाधार विकास (भौतिक पूर्वाधार र यातायात मन्त्रालय मात्र) १४, प्रदेश उद्योग, पर्यटन तथा वातावरण (वन वातावरण मात्र) तर्फका ५८ उजुरी परेका आयोगले जनाएको छ । 

यसैगरी परेका उजुरीमध्ये भौतिक पूर्वाधार यातायात १६, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण ४७, गृह मन्त्रालय ११ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तर्फका १२ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्