१० असार २०८३, बुधबार

चन्द्रागिरि नगरपालिकामा सेनाले गर्‍यो विस्फोटक पदार्थ निष्क्रिय

कात्तिक २०, २०७४
चन्द्रागिरि नगरपालिकामा सेनाले गर्‍यो विस्फोटक पदार्थ निष्क्रिय

काठमाडौँ, ३१ वैशाख - आज जारी स्थानीय तहको पहिलो चरणको निर्वाचन अवरोध गर्ने उद्देश्यले विभिन्न जिल्लामा राखिएको विस्फोटक पदार्थ निष्क्रिय पारिएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका, ट्वाटीपाखास्थित पीपलबोट चौतारामा प्लास्टिकको झोलामा आज बिहान फेला परेको प्रेसरकुकर बम तत्काल प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

यस्तै भक्तपुर मध्यपुरथिमि नगरपालिकाका प्रमुखका लागि नेकपा(एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठको घरको सटर अगाडि ‘खतरा’ लेखिएको पोकाभित्र आज बिहान फेला परेका सकेट बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहितको टोलीले निष्क्रिय पारेको छ ।

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका समाजकल्याण चोकस्थित अरनिको राजमार्गमा सकेट बम जस्तो देखिने वस्तु तथा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका, विन्द्रासैनीमा ‘खतरा’ लेखिएको बोतल बम फेला परेकामा प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारिएको प्रहरीले जनाएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्