२६ जेठ २०८३, मंगलबार

नीतीश कुमारका ‘अंगुलीमाल’ प्रशंसक, चौथोपटक मुख्यमन्त्री बन्दा काटे चौथो औंला

मंसिर ९, २०७७
नीतीश कुमारका ‘अंगुलीमाल’ प्रशंसक, चौथोपटक मुख्यमन्त्री बन्दा काटे चौथो औंला

भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारको एक ‘अंगुलीमाल’ प्रशंसक छन् । 
 

प्राचीनकालमा बुद्धलाई भेटेर पुण्यको बाटोमा लाग्ने अंगुलीमाल चाहिँ हैनन् यी । ती अंगुलीमाल अर्काको औंला काटेर माला लगाउँथे भने यी चाहिँ आफ्नै औंला काट्ने गर्छन् । 

यी प्रशंसकले नीतीश कुमार मुख्यमन्त्री बनेमा आफ्नो एक औंला काटेर चढाउने भाकल गरेका थिए । नीतीशले पछिल्लो तीनपटक चुनाव जित्दा उनले आफ्ना तीन औंला बलि बढाएका थिए । अहिले नीतीशले चौथोपटक

पदको शपथ लिँदा यी समर्थकले चौथो औंला काटेर भगवान् गोरैया बाबालाई चढाएका छन् । 
 

जहानाबादको वैना गाउँमा बस्ने अनिल शर्मा ४५ वर्षका भए र उनी नीतीशका अंगुलीमाल हुन् । 

सन् २००५ मा पहिलोपटक औंला काटेर गोरैया बाबालाई चढाएका अनिलले चौथोपटक औंला काट्न पटक्कै हिचकिचाएनन् । 

आफ्ना प्रिय नेताप्रति कुनै पनि समर्थकको यस्तो प्रेम विरलै देख्न पाइन्छ । 

उनको यस सनकले धेरै मानिसलाई चिन्तित पनि बनाएको छ । नीतीशलाई तलमाथि भयो भने यिनले के गर्लान् भनी मानिसहरू चिन्तित बनेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्