
जनता समाजवादी पार्टी (जसपा) नेपालले कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै बन्द गरिएका भारतसँगका सीमानाका तत्काल खोल्न माग गरेको छ ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सीमा क्षेत्र बन्द हुँदा देशको अर्थतन्त्र धरायसी हुनुका साथै तराई/मधेशका जनताको जीवन अत्यन्त कष्टकर भएको जनाएका छन् ।
कोरोना संक्रमण फैलिन नदिन योजनावद्ध रूपमा प्रभावकारी ढंगले चिकित्सक र स्वास्थ्यकर्मीको जोखिमभत्ता उपलब्ध गराउने लगायत काम गर्न समेत जसपाले सुझाव दिएको छ ।
