११ साउन २०८३, सोमबार

कतार पठाउन भन्दै अवैध अन्तर्वाता लिने म्यानपावर कम्पनीमाथि रोजगार विभागको छापा

कतार पठाउन भन्दै अवैध अन्तर्वाता लिने म्यानपावर कम्पनीमाथि रोजगार विभागको छापा

पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तवार्ता लिने म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । 

विभागले मंगलवार लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको विभागका प्रमुख कुमार प्रसाद दाहालले लोकान्तरलाई जानकारी दिए । 

अन्तरवार्ता लिइरहेको सूचनाका आधारमा अनुगमनमा आएको र अन्तवार्ता दिन आउनेहरूको केही थान बायोडाटा बरामद गरिएको अनुसन्धानमा संलग्न विभागका शाखा अधिकृत कुशल बरालले लोकान्तरलाई बताए । 

उनले भने,‘सूचनाका आधारमा हामी यहाँ अनुगमनमा आयौं, केही थान कागजपत्रहरू बरामद गरेका छौं ।’

अन्तर्वार्ता चलिरहेको अवस्थामा टोलीले छापा मारेको हो । 

अहिले कम्पनीका सञ्चालकहरूसँग यसबारे छलफल चलिरहेको उनले बताए । 

यसअघि विभागले सोमवार मात्रै डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा छापा मारेको थियो । ती कम्पनीमा ४ सयभन्दा बढी युवाहरू अन्तवार्ताका लागि आएको भेटिएको विभागले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्