
दोलखा, ३१ वैशाख – दोलखामा फेरी कांग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट भएको । दोलखाको तामाकोशी गाउँपालिका, भुसाभेदा, आलमपुर र क्रिनिटमा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको हो ।
प्राप्त जानकारी अनुसार तामाकोशीमा कुटाकुट भइरहेको बेला एकजनालाई छुरा हानेर घाइते बनाइएको छ । घाइतेलाई उपचार भइरहेको । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले कुटाकुट हुँदा घाइते भएको र घाइतेको उपचार हुँदै गरेको बताए । तर छुरी धसिएको वा नधसिएकोमा अनभिज्ञता प्रकट गरे ।
बिबु गाउँपालिकामा पनि कांग्रेस एमाले कार्यकर्ताबीच तनाब सिजृना भएको छ । विभिन्न ठाउँमा ढुंगामुढा लागेर घाइते भएका छन् । तनाबका कारण स्थगित भएका सबै ठाउँमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत नेपालले बताए ।
तर, एमाले कार्यकर्ताहरुले चाहिँ कांग्रेसले बुथ क्याप्चर गरेको कारणले आफूहरु बुथ छोडेको बताइरहेका छन् ।