
काठमाडौं, ३१ वैशाख –जारी निर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मध्यान्हसम्म २२ लाख ३० हजार मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा मध्यान्हसम्म आइपुग्दा झण्डै आधा परिमाणमा मत खसेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले लोकान्तरलाई बताए ।
आयोगका अनुसार काठमाडौंमा झण्डै ४५ प्रतिशत मतदान सम्पन्न भएको छ । मनाङ सबैभन्दा धेरै अर्थात ५६ प्रतिशतसम्म मत खसेको छ । त्यस्तै, मुस्ताङमा ५२ प्रतिशत र पर्वतमा ५० प्रतिशत, चितवनमा ५० प्रतिशत मत खसेको छ ।
पहिलो चरण अन्तर्गत तीन प्रदेशका ३४ जिल्लामा निर्वाचन चलिरहेको छ । बेलुकी ५ बजेसम्म मतदान जारी रहनेछ । मतदान सकिएपछि आजैदेखि मतगणना गर्ने आयोगले बताएको छ ।