२५ जेठ २०८३, सोमबार

चीनको सामना गर्न भारत महत्त्वपूर्ण साझेदार भएको अमेरिकाका सम्भावित परराष्ट्रमन्त्रीको भनाइ

मंसिर १०, २०७७
चीनको सामना गर्न भारत महत्त्वपूर्ण साझेदार भएको अमेरिकाका सम्भावित परराष्ट्रमन्त्रीको भनाइ

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनका निकट साझेदार एन्टोनी ब्लिन्केनले चीनको सामना गर्नका लागि भारत महत्त्वपूर्ण साझेदार भएको बताएका छन् । 

‘चीनले भारतविरुद्ध वास्तविक नियन्त्रण रेखामा देखाएको आक्रामकता लगायत चीनको बढ्दो प्रभुत्वको सामना गर्ने साझा चुनौती छ,’ ब्लिन्केनले भने । 
 

ब्लिन्केनलाई बाइडनले परराष्ट्रमन्त्री बनाउने घोषणा गरेका छन् र माथिल्लो सदन सिनेटको मञ्जूरी लिन बाँकी छ । 

गत मे महिनादेखि भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा सीमा तनाव बढिरहेको छ । 

भारतका लागि अमेरिकाका पूर्व राजदूत रिचर्ड वर्माले सोधेको प्रश्नको उत्तर दिँदै ब्लिन्केनले बाइडन प्रशासन भारतसँग नजिकै रहेर काम गर्न इच्छुक रहेको बताए । दुई देशको लोकतान्त्रिक सम्बन्धलाई बाइडनले नवीकरण गर्ने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्