११ असार २०८३, बिहीबार

पाँचथरको फालोटमा बीओपी स्थापना

मंसिर १०, २०७७
पाँचथरको फालोटमा बीओपी स्थापना
प्रतिकात्मक तस्वीर

फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

सो बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९  सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बीओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ सयौँ बीओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालेको बताए ।

मन्त्री नेम्वाङले सीमित स्रोत साधनको उपलब्धता हुँदासमेत धेरै बीओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सबल बनाउन र  छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको बताउँदै पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वर्द्धनमा थालिएको पहल दूरगामी महत्वको रहेको जनाए ।

एकैसाथ धेरै स्थानीय तहमा अस्पताल निर्माण गरिनु, सयौँ विद्यालयमा आईसीटी ल्याब स्थापना गरिनु लगायतले सरकार सबै क्षेत्रको समग्र विकासमा अग्रसर रहेको स्पष्ट भएको उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्