
काठमाडौं, ३१ वैशाख - भक्तपुरको भक्तपुर बहुमुखि क्याम्पस मतदान केन्द्रमा भेटिएका बृद्धबृद्धाले सातै ठाउँमा भोट हालेको बताएका छन् । उनीहरुले औंला भाँच्दै गनेर ७ वटै स्थानमा भोट हालेको बताए । उनीहरुले सातै ठाउँमा भोट हालेको भएपनि भोट हाल्न चाहिँ गाह्रो भएको बताए ।

८४ वर्षकी दरुमाया तिलम्बु र ७१ वर्षकी तेजमाया तिलम्बुले भोट हाल्दा आँखै तिरमिराएको बताए । १९ वर्षपछि भोट हाल्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको उनीहरुको भनाई छ । उनीहरुले पहिले दुई ठाउँमा मात्रै भोट हालेकोमा अहिले धेरै ठाउँमा भोट हाल्दा झिँजो लागेको बताए ।




विरामी श्रीमती सहित मतदान केन्द्रमा आएका ७१ वर्षका जनकलाल कक्षपतिले पनि ७ ठाउँमा भोट हाल्न गाह्रो भएको बताए । तर आफूहले मत सदर हुने गरिनै मतदान गरेको प्रतिक्रिया दिए ।