काठमाडौं, १० पुस – कृष्णसागरस्थित रिजोर्टबाट आइतवार उडान भरेको केही मिनेटभित्रै एक रुसी विमान सम्पर्कविहीन भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

टु–१५४ नामक विमानमा ७० देखि १०० जनासम्म यात्रु रहेको बताइएको छ ।
यो विमान रुसी रक्षा मन्त्रालयको भएको अपुष्ट खबर प्राप्त भएको छ । विमान सिरियाको लातकिया प्रान्ततर्फ गइरहेको बताइएको छ ।
रुसी अधिकारीहरूले यस घटनामा कुनै टिप्पणी गरेका छैनन् ।
बीबीसी