
स्वास्थ्यको चिन्ता गर्नेहरूले ग्रीन टी पिउने गर्छन् ।
तर अहिले ब्लू अर्थात् नीलो चिया बजारमा आएको छ । अपराजिताको फूलबाट यो चिया बन्छ ।
अपराजिताको फूललाई तातो पानीमा पकाउनुस् । गुलियो मन पर्छ भने चिनी हाल्न सक्नुहुन्छ । नत्र त्यत्तिकै पिए हुन्छ ।
नीलो चिया स्वास्थ्यका लागि फाइदाजनक छ । अपराजिताका फूलमा भएका प्राकृतिक तत्त्वले रगत सफा बनाउँछन् । यी फूलहरू सौन्दर्य प्रसाधन बनाउनका लागि प्रयोग गरिन्छन् ।
अपराजिताको बिरुवाको जरालाई पिँधेर लेप लगाउँदा अनुहार पनि चम्किन्छ ।