काठमाडौं, ३१ वैशाख –जारी स्थानीय तहको निर्वाचनमा झण्डै ३० लाखले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार ३ बजेसम्म ६० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार निर्वाचन चलिरहेका ३४ वटै जिल्लामा औषत ६० प्रतिशत मत खसेको छ ।
जुम्लामा सबैभन्दा धेरै मत खसेको आयोगले जनाएको छ । आयोगका अनुसार जुम्लामा ७५ प्रतिशतसम्म मत खसेको छ । त्यस्तै, डोल्पामा ७४ प्रतिशत, हुम्लामा ७० प्रतिशत र कास्कीमा ६५ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
पहिलो चरण अन्तर्गत तीन प्रदेशका ३४ जिल्लामा निर्वाचन चलिरहेको छ । बेलुकी ५ बजेसम्म मतदान जारी रहनेछ । मतदान सकिएपछि आजैदेखि मतगणना गर्ने आयोगले बताएको छ ।