२९ जेठ २०८३, शुक्रबार

भारतीय सेनामा कार्यरत दाङका प्रेम केसीको कश्मीरमा मृत्यु

मंसिर १२, २०७७
भारतीय सेनामा कार्यरत दाङका प्रेम केसीको कश्मीरमा मृत्यु

आतंकारी हमलामा परी भारतीय सेनामा कार्यरत दाङ घर भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा का ३० वर्षीय प्रेम केसी रहेका छन् ।  । भारतको जम्मु कस्मीरमा कार्यरत उनको गोली लागेर  शुक्रबार मृत्यु भएको हो ।
शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको दाजु तुलसी केसीले बताए ।

दाजु तुलसीका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान ९ बजेतिर फोन गरि प्रेमलाई गोली लागेको भन्ने खवर दिएको थियो ।

प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको बताइएको छ ।  । सोही घटनामा अर्का भारतीय सैनिकको पनि मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्