
पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् ।
उनले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भर्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, युवासँग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्!अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं! दुबैसॅग लडेर अघिजाने साहस गरौं!
युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्!अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं!दुबैसॅग लडेर अघिजाने साहस गरौं!
— Baburam Bhattarai (@brb1954) November 28, 2020