०९ साउन २०८३, शनिबार

शंकर पोखरेलले भने : एकीकृत प्रतिवेदन बनाउनेतर्फ सचिवालय अग्रसर हुनुपर्छ

मंसिर १३, २०७७
शंकर पोखरेलले भने : एकीकृत प्रतिवेदन बनाउनेतर्फ सचिवालय अग्रसर हुनुपर्छ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शंकर पोखरेलले पार्टी एकताको रक्षाका लागि दुवै प्रतिवेदनलाई रोक्नुपर्ने बताएका छन् । 

शनिवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले दुवै प्रतिवेदनलाई रोकी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर हुनुपर्ने बताएका छन् । 

उनले लेखेका छन्,'म फेरी पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस्।'

शनिवार नेकपाको सचिवालय बैठक बस्दैछ । 

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिने कार्यसूची तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्