
एक ७ वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ ।
बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।