काठमाडौं, १ जेठ –ललितपुर महानगरपालिकामा मतगणना जारी छ । हालसम्मको मतगणना परिणाम अनुसार महानगरपालिकामा कांग्रेस उम्मेदवार अगाडि देखिएका छन् । कांग्रेस मेयरका उम्मेदवार चिरिबाबु महर्जन २ सय १८ मतसहित अघि देखिन्छन् ।
त्यस्तै, एमालेका हरिकृष्ण व्यन्जनकारले १ सय ८४ मत ल्याएका छन् । माओवादी केन्द्रका दिनेश महर्जनले ८३ मत ल्याएका छन् ।