
रसुवा, १ जेठ – रसुवामा कांग्रेसको अग्रता देखिएको छ । जिल्लाका दुई वटा स्थानीय तहमा कांग्रेसको अग्रता देखिएको छ ।
सोमवार विहानसम्म भएकको मतगणना परिणाम अनुसार जिल्लाका दुई वटा गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको हो । रसुवामा हालसम्म १ हजार ५ सय ५७ मतगणना भएको छ ।
नौकुण्ड गाउँपालिका दुई सय ५७ मत गणना भएकामा नेपाली कांग्रेसका नुर्पु साङ्वो घलेको १ सय ५७ मतसहित अघि देखिएका छन् । सोही गाउँपालिकामा नयाँ शक्ति पार्टीका भूमे लामा ६८ , नेकपा एमालेका विकास तामाङको २८ र स्वतन्त्रका लक्षिन नुर्पु तामाङको ३ मत प्राप्त गरेका छन् ।
उत्तरगया गाउँपालिकामा पनि हालसम्म नेपाली कांग्रेस अघि देखिन्छ । कुल खसेको ६ सय मतमध्ये नेपाली कांग्रेसका उपेन्द्र लम्सालले १ सय ४८, नेकपा एमालेका अशोक घिमिरेले १ सय ६२ र नयाँ शक्तिका इन्द्रप्रसाद सापकोटाको १ सय ६४ मत प्राप्त गरेका छन् ।
कालिका गाउँपालिकामा नेकपा एमाले अघि देखिएको छ । ४ सय मत गणना भएकोमा नेकपा एमालेको सिता कुमारी पौडेल १ सय २३ मतसहित अघि देखिएकी छिन् । माओवादीका उद्धव रिजालको १ सय २२, नेपाली कांग्रेसका साधुराम पौडेलको ९७ र नयाँ शक्ति पार्टीका कृष्ण वहादुर तामाङले ४३ मत प्राप्त गरे ।
पार्वतीकुण्ड गाउँपालिकामा भने नयाँ शक्तिको अघि अग्रता देखिएको छ । उक्त गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीका उम्मेदवार बुचुङ तामाङले १ सय ८८ मत प्राप्त गरेका छन् । त्यस्तै, माओवादीका फुर्पु तेन्जिन तामाङको ४१, नेकपा एमालेका लाक्पा गोम्वो तामाङको ३७ र नेपाली कांग्रेसका अविनास तामाङले ४ मत प्राप्त गरेका छन् ।