२६ जेठ २०८३, मंगलबार

राइड सेयरको बजारमा ‘एटेन्ड’ को प्रवेश, ट्याक्सीदेखि हेलिकप्टरसम्मको सुविधा

मंसिर १६, २०७७
राइड सेयरको बजारमा ‘एटेन्ड’ को प्रवेश, ट्याक्सीदेखि हेलिकप्टरसम्मको सुविधा

नेपाली राइड सेयर बजारमा विभिन्न अद्भुत सुविधाका साथ ‘एटेन्ड’ एपले आफ्नो सेवाको सुरुवात गरेको छ । हाल बजारमा उपलब्ध अरु राइड सेयर एपभन्दा धेरै नै उत्साहजनक र आकर्षक सुविधाका साथ आएको यस एपले आफ्नो निजी सवारीसाधन नभएका यात्रुहरुको समस्याको हल गर्ने विश्वास लिइएको छ ।                                                            

देशभर जहाँकहिँ जान पनि आफ्नो प्रयोजनमा आउन सक्ने भएकाले यस राइड सेयर एप चाँडै नै यात्रुमाझ जान पहिचान हुने आँकलन गरिएको छ । एप सार्वजनिक एटेन्ड प्रा.लि.का निर्देशक भिमकान्त भण्डारीले भने, ‘यो अहिले नेपालमा चलिरहेको सामान्य राइड सेयरभन्दा भिन्न रहेको छ । मोडल त हाम्रो पनि राइड सेयर नै हो तर हाम्रो सेवा र सुविधा अरूभन्दा भिन्न छ । हामीले मोटरसाइकल, एम्बुलेन्स, शववहान, ट्याक्सी, कार, जिप, मालबाहक ट्रकदेखि हेलिकप्टर सम्मको सेवा दिन्छौं, साथै यसमा हेल्थ सर्भिस अन्तर्गत घरमै औषधि पुर्याउने, डक्टर नर्स पठाउने र विभिन्न ल्याव समन्धी सम्पूर्ण कार्यकालागि ल्याव टेक्निसियन घरमै पठाउने काम पनि गर्ने छौँ ।

यसैगरी कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको छ, जसमा अग्रिम बुकिङ सेवाका साथै चालकसहित वा चालकबिनाको गाडी लिन र इन्धन सहित वा आफैंले इन्धन हाल्न पाउने विकल्प समेत राखेको छ । साथै दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै र हाल चलिरहेको बीमा सम्बन्धी विषय सम्बोधन गर्न, कम्पनीसँग आवद्ध सम्पूर्ण गाडी तथा मोटरसाइकलमा यात्रारत चालक र यात्रुको तेश्रो पक्षीय बीमा समेत गरिने भण्डारीले बताए ।

त्यस्तै सेवाको उपयोग गरे पश्चात यात्रुलाई पैसा तिर्न सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले नगद बाहेक जुनसुकै बैंकको एटिएमबाट पनि पैसा तिर्न मिल्ने प्रणाली विकास गरिएको छ भने राइडरबाट कम्पनीले सेवा उपलब्ध गराए वापत १० प्रतिशत कमिसन लिने छ । हाल बजारमा चलिरहेको राईड सेयरको तुलनामा यो कमिसन न्यून रहेको छ । एम्बुलेन्स र शव वहानबाट भने कुनै कमिसन नलिने कम्पनीले जनाएको छ ।

सुरक्षाको दृष्टिकोणले समेत यो एप विश्वासिलो रहेको छ र यसमा रहेको इमर्जेन्सी बटन दबाएमा नम्बर सेट गरिएको आफन्तको मोबाइलमा म्यासेज र प्रहरीलाई समेत फोन जाने सुविधा रहेको छ । सुरुवाती अवस्थामा रहेता पनि  हाल कम्पनीमा करिब ५ सय गाडी आवद्ध भइसकेका छन् भने ट्याक्सी र बाइकलाई क्रमशः आबद्ध गराउँदै लैजाने कम्पनीको योजना रहेको छ । साथै बाहिर गएर खोजी खोजी बुक गर्न भन्दा आफ्नै मोबाइल एपबाट एक क्लिकको भरमा बुक गर्न मिल्ने यस एप आर्थिक दृष्टिकोणले समेत लाभदायी रहेको कम्पनीले दावी गरेको छ ।
यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले आईओएसमा गएर सजिलै आफ्नो मोबाइलमा इन्स्टल गर्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्