१० असार २०८३, बुधबार

उपमहानगरको नक्कली छाप र रसिद बनाएर कर उठाउने पक्राउ

मंसिर १७, २०७७
उपमहानगरको नक्कली छाप र रसिद बनाएर कर उठाउने पक्राउ

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको छाप र रसिद नक्कली बनाएर कर संकलन गरेको पाइएको छ ।

प्रहरीले मंगलबार वीरगन्ज महानगरपालिका–२ बस्ने ३५ वर्षीय अजय कुमार साहलाई पक्राउ गरेपछि उक्त तथ्य बाहिरिएको हो । 

साहले जीतपुर सिमराको छाप र रसिद नक्कली बनाएर खोलामा कर संकलन गरेको पाइएको छ ।

मंसिर ७ गते जीतपुर सिमराको वडा नम्बर १६ स्थित बालगंगा खोलामा कर संकलन गरेका थिए । विशेष सूचनाका आधारमा खटिएको प्रहरीले कर संकलन गर्दै गरेको अवस्थामा फेला पारेको हो ।

साहलाई जिल्ला अदालत बाराबाट पाँचदिनको म्याद थप लिइ अनुसन्धान जारी राखेको बारा प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्