०१ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले मंसिर २० गतेसम्म स्थगित गरे सचिवालय बैठक

मंसिर १७, २०७७
प्रधानमन्त्री ओलीले मंसिर २० गतेसम्म स्थगित गरे सचिवालय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर २० गतेसम्म सचिवालय बैठक स्थगित गरेका छन् ।

आगामी बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारे औपचारिक जानकारी दिइसकेका छैनन् । सचिवालय बैठकका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू बालुवाटारभित्रै छन् । 

भोलि बिहीवार स्थायी कमिटी बैठक समेत बोलाइएकोमा त्यसबारे कुनै निर्णय खुलाइएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्