
नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस कार्यकर्तालाई गिरफ्तार गरिएकोमा सरकारको विरोध गरेका छन् ।
उनले स्थानीय तहले निर्माण गरेको आयोजना उद्घाटनमा अवरोध गर्नु संघीयता विरोधी काम भएको समेत टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै निधिले पौडेललाई पुल उद्घाटनमा रोक्नु तानशाही काम भएको आरोप लगाएका हुन् । पुल उद्घाटनका क्रममा विवाद भएपछि बुधवार प्रहरीले कांग्रेस नेता पौडेललाई तनहुँमा नियन्त्रणमा लिएको थियो ।
‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौं कांग्रेस नेताहरूलाई लछारपछार गरी गिरफ्तार गरेकोमा सरकारको घोर भत्र्सना गर्दछु । स्थानीय तहले निर्माण गरको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो,’ निधिले ट्वीटरमा लेखेका छन् ।