०९ साउन २०८३, शनिबार

नेपालमा कोरोनाको दोस्रो लहर आउने खतरा

मंसिर १७, २०७७
नेपालमा कोरोनाको दोस्रो लहर आउने खतरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा. कार्कीले कोभिड–१९ संक्रमणदर नेपालमा घटेको दाबी गरे । उनले विश्वका कतिपय देशमा संक्रमणको दोस्रो लहर देखिएको सुनाउँदै नेपालमा पनि त्यो खतरा रहेको सुनाए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. कार्कीले नेपालमा संक्रमणको दर घट्नु भनेको खुशीको कुरा भएको जनाए । उनले भने,‘सेकेण्ड वेभ आयो भने कसरी हामी जुध्ने भनेर दरिलो तयारी गर्नुपर्छ । हुन त कोभिड हामी सबैको लागि नयाँ कुरा भयो, अहिले कोरोना आएको पनि एक वर्ष पुग्न लाग्यो, यसबारेमा अझै धेरै जानकारी छैन् । उपचारको सवालमा सरकारले क्षमता अभिवृद्धि गरिरहेको छ । सरकारले ६ हजार एचडियु निर्माणको लागि देशभरि पैसा पठाएका छौं ।’

उनले कोडिभको उपचारको लागि सरकारले यथेष्ट बेडपनि छुट्याएको सुनाए । यसअघि १५ सय ९५ आईसियु बेड रहेकोमा अहिले २६ सय बेड फंक्सनमा रहेको पनि उनले जानकारी दिए ।
उनले विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराइने विश्वास समेत दिलाए ।

 

salt training

कमेन्ट गर्नुहोस्