०७ असार २०८३, आइतबार

नुवाकोटमा मतगणना जारी,नगरपालिकामा एमाले अगाडि

कात्तिक २०, २०७४
नुवाकोटमा मतगणना जारी,नगरपालिकामा एमाले अगाडि

त्रिशूली, नुवाकोट, १ जेठ – नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।

विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा ९एमाले०का प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र)मा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याउनुभएको छ ।

त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा ९माओवादी केन्द्र०का अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्