२६ जेठ २०८३, मंगलबार

मोदीलाई जमीन दान दिन चाहन्छिन् यी ८० वर्षीया महिला, कारण छ भावुक

मंसिर १७, २०७७
मोदीलाई जमीन दान दिन चाहन्छिन् यी ८० वर्षीया महिला, कारण छ भावुक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको पक्षमा योजना चलाइरहेको भन्दै उत्तर प्रदेशकी एक महिलाले आफ्नो सबै जमीन उनको नाममा दिने निर्णय लिएकी छन् । 

८० वर्षीया बिट्टन देवीले सन्तानहरूले आफूलाई ध्यान नदिने गरेको र दुःख दिने गरेको गुनासो गरिन् । मोदी सरकारले दिएको राहत योजनाले नै जीवनयापन गर्न सकेको उनी बताउँछिन् । 

यस्तो अवस्थामा उनी आफ्नो नाममा रहेको साढे १२ बिघा जमीन मोदीलाई दिन चाहिन्छन् । 
 

चितायन गाउँकी बिट्टन बिहीवार मालपोत अड्डा पुगिन् र आफ्नो जमीन प्रधानमन्त्री मोदीलाई दिने बताइन् । परिवारले हेला गरेको भए पनि मोदीजीले आफ्नो सबै समस्या समाधान गरिदिएको उनले बताइन् । 

हरेक महिना समयमै उनले पेन्सन, सासन र किसान सम्मान निधि पाएको र त्यसैबाट गुजारा चलिरहेको बताइन् । आफूले मोदीलाई जमीन दिएमा अन्य मानिसले पनि सरकारी योजनाबाट लाभ उठाउन सक्ने उनको भनाइ छ । 
वकिलहरूले यसो नगर्न भने पनि ती महिला निर्णयमा अडिग छिन् । 

पतिको मृत्यु भइसकेको र घरमा तीन छोराबुहारी रहेको तर उनीहरूले ध्यान नदिने गरेको उनले बताइन् । 

ती महिलालाई हेर्न मालपोत अड्डामा भीड लागेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्