भारतीय अभिनेत्री कंगना रनौतले आफू विरुद्ध पठाइएको कानुनी पत्रमाथि प्रतिक्रिया दिएकी छन् ।
आफूविरुद्ध आएको लिगल नोटिसबारे कुरा गर्दै उनले आफ्नो सत्यापित ट्वीटर अकाउन्टबाट ट्वीट गर्दै भनेकि छन्, ‘फिल्म माफियाले मेराविरुद्ध कैयौं घटना दर्ता गरेका छन् । गएको राति जावेद अख्तरले एक अर्को मुद्दा दर्ता गरेका छन् । महाराष्ट्र सरकार त हरेक एक घण्टामा यस्ता मुद्दा दायर गर्दै आएको छ । अब पञ्जावमा कांग्रेस पनि यो टोलीमा सामिल भएको देखिन्छ । लाग्छ उनीहरु मलाई महान बनाएरै शान्त हुनेछन् ।’
यस्तै दिल्ली सिख गुरुद्वारा प्रवन्धक कमिटीले पनि शुक्रबार कंगनालाई एक लिगल नोटिस पठाएको छ । जसमा कृषि कानुन रद्द गर्ने माग राख्दै भएको आन्दोलनमा सहभागी किसान र कार्यकर्तामाथि गंगनाले गरेको अपमानजनक टिप्पणीप्रति माफी मागिएको छ ।