१५ असार २०८३, सोमबार

भैँसीले सुल्झायो चोरीको घटना

मंसिर २०, २०७७
भैँसीले सुल्झायो चोरीको घटना

भारतको उत्तर प्रदेशमा एक यस्तो चोरीको घटना सार्वजनिक भयो जसको निर्णय प्रहरी वा अदालत नभई एक भैँसीले गरेको छ ।

कन्जोज जिल्लाको जलेसर सरहको अलीनगरका वीरेन्द्रले प्रहरीकहाँ उजुरी दर्ता गर्दै आफ्नो भैँसी धर्मेन्द्रले चोरेको र अरु कसैलाई बेचिदिएको बताएका थिए ।

यद्दपि धर्मेन्द्रले वीरेन्द्रको उक्त आरोप खण्डन गर्ने भैँसी आफ्नै भएको दाबी गरे । सोमबार भैँसीलाई प्रहरी चौकी ल्याइयो । प्रहरी चौकीमा ल्याइसकेपछि भैँसीलाई खुला छाडियो र प्रहरीले वीरेन्द्र र धर्मेन्द्र दुवैलाई भैँसीलाई बोलाउन लगाए ।

केही समयपछि भैँसी भर्मेन्द्र भएको ठाउँमा गयो र को असली मालिक हो भन्ने विवादको टुंगो लाग्यो । 

वरिष्ठ प्रहरी उपरीक्षक विजयकान्त मिश्रााले भने, ‘हामीले भैँसीलाई आफ्नो चाहना छनोट गर्न दिने विषयमा विचार गर्‍यौं । जब वीरेन्द्र र धर्मेन्द्रले भैँसीलाई बोलाए तब भैँसी धर्मेद्रको साथमा गयो र यो विवावद टुंगियो ।’

वीरेन्द्रले आफ्नो उजुरीमा धर्मेन्द्रले आफ्नो भैँसी चोरेर रसुलावाद गाउँका एक मुस्लिम किसानलाई बेचेको आरोप लगाएका थिए । मुस्लिम किसान जब पशु मेलामा भैँसीलाई बेच्न गएका थिए, त्यहाँ वीरेन्द्रले उसलाई समात्दै भैँसी आफ्नो भएको दावी गरे ।

केही समय त्यहाँ विवाद पनि भएको थियो । धर्मेन्द्रबाट आफूले भैँसी खरिद गरेको मुस्लिम किसानको बयानपछि वीरेन्द्रले धर्मेन्द्रविरुद्ध प्रहरीकोमा उजुरी दिएका थिए । 

प्रहरी चौकीमा धर्मेन्द्रले भैँसी आफ्नो भएको र केही दिनअघि १९ हजार रुपैयाँमा बिक्री गरेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्