
सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
मङ्सिर १५ गते कोरोना सङ्क्रमण पुष्टि भएका ति पुरुषको सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शुक्रवार राति १२ बजे मृत्यु भएको थियो ।
मङ्सिर १४ गते माया मेट्रो अस्पतालमा भर्ना गरिएको भए पनि ति पुरुषमा निमोनिया देखिएपछि सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । उनको सोही दिन कोरोना जाँच गरिँदा मङ्सिर १५ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
मृतक पुरुषको शनिवार गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको तेघरी स्थिति भवानी दल गणबाट सह सेनानी नबल सिंह रोकायाको कमान्डमा खटिएको टोलीले गोदावरी आर्यघाटमा हिन्दु संस्कार अनुसार शवको व्यवस्थापन गरेको हो । उनको शव जलाएर अन्त्येष्टि गरिएको सह सेनानी रोकायाले बताए ।