२० असार २०८३, शनिबार

गुठी परम्परा जोगाउने जिम्मेवारी महानगरको हो, महानगरले नै दायित्व बहन गर्छ — मेयर शाक्य

मंसिर २०, २०७७
गुठी परम्परा जोगाउने जिम्मेवारी महानगरको हो, महानगरले नै दायित्व बहन गर्छ — मेयर शाक्य

ह्याउँम्ह किसि देय्ग (रातो हात्ती मन्दिर) को पुननिर्माण सम्पन्न भएको छ ।

काठमाडौं महानगरको वडा १८ किला घः मा रहेको मन्दिरको आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे। चालु आर्थिक बर्षको बजेटबाट यसको पुननिर्माण गरिएको हो । 

मन्दिर उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले भने, ‘स्थानीइ भाषा, कला, साहित्य, सिर्जना, सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको हो । यसका लागि हामीले आवश्यक पर्ने जत्ति रकम खर्च गर्न सक्छौं । महानगरले गरेन कसैले भन्यो भने त्यो भ्रम मात्र हो । सम्पदा पुननिर्माण, मर्मत सम्भार र बचावटका लागि महानगरमा आएका कुनै पनि माग फिर्ता गरेका छैनौं । गुठी परम्परा हामीले नै जोगाउने हो । संस्कार, संस्कृति र परम्परा जोगाउने वा यससँग सम्बन्धित अमूर्त कला बचाउने कुनै योजना भए जसले पनि प्रस्ताव लिएर आउन सक्नुहुनेछ । हामी सहयोग गर्छौं ।’

‘तपाई हाम्रो साझा प्रयासमा सम्पदा जोगाउन सकिन्छ । खुट्टा तान्ने र खेदो खन्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ ।’ मेयर शाक्यले भने, ‘कतै गलत भएको देखियो भेटियो भने तत्काल सुधार गर्नुपर्छ । राम्रा कामको प्रोत्साहन गर्ने बानीको विकास गर्नुपर्छ ।’

त्यस क्रममा बोल्दै वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले भित्री सहरका नाम अपभ्रंस भएर अर्कै उच्चारण हुन थालेपछि सडक, चोक र गल्लीको नाम रञ्जना लिपी, नेपाली र अंग्रेजी भाषामा नाम लेख्न थालिएको बताए । अपभ्रंस भएका शव्दले नामको अर्थ दिन सक्दैन । यसले मौलिकता नष्ट हुन्छ । यसलाई जोगाउन हामीले सडक, गल्ली र चोक गरेर करीव ४० ठाउँमा नाम लेखिएका बोर्ड राख्दैछौं । उहाँले भने, ‘भित्री सहरको पहिचान नामसँग छ । यसले प्राचीन समय र त्यस ठाउँको बिशेषता प्रकट गर्दछ ।’

२०७२ सालको भूकम्पले जीर्ण बनेको मन्दिरलाई पहिलेको संंरचनामा देखिएका त्रुटी सच्याएर पुननिर्माण गरिएको छ । करीब १३ लाख ५० रुपैयाँ लागतमा निर्माण सम्पन्न मन्दिरमा पहिले झिँगटीको बनाइएको हात्तीको सरीरलाई अहिले तामाको बनाइएको छ । रेलिङ्मा काठ राखिएको छ । पहिलेको काठको आसनलाई अहिले तामाले घेरिएको छ ।
दैनिक पूजा आजा हुने मन्दिरमा इन्द्रजात्राको अन्तिम दिन (नानिचा या) का दिन बिशेष पूजा हुन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्