१० असार २०८३, बुधबार

जाडोमा दमका बिरामीलाई समस्या बढ्छ, यस्ता छन् सचेत हुने उपाय

मंसिर २०, २०७७
जाडोमा दमका बिरामीलाई समस्या बढ्छ, यस्ता छन् सचेत हुने उपाय

जाडो मौसम कैयौंलाई राम्रो पनि लाग्छ । साथै कैयौं समस्या पनि हुन्छन् । खासगरी दमका बिरामीलाई जाडो मौसम जोखिमपूर्ण मानिन्छ । दमका बिरामीलाई वायुमार्गमा सुजन हुने हुन्छ । जसकारण श्वास लिन पनि कठिन हुन पुग्छ । 

यस्तो समय दमका बिरामीलाई प्रदूषण र जाडोको समस्या बढी हुन्छ । जाडोमा बर्खाको भन्दा बढी समस्या बढ्छ । त्यसैले यसप्रति बिरामी र परिवार दुवै सचेत हुन आवश्यक छ । यस मौसममा चिसो बढी हुने हुँदा शुष्क हावा नाकको श्वास जाने ठाउँमा सुनिने जोखिम बढी हुन्छ । साथै फ्लुजस्ता भाइरसको खतरा पनि बढी बढी हुन्छ । 

दमबाट हुने संक्रमणबाट बच्न धेरैभन्दा धेरै समय घरभित्रै बस्ने कोशिस गर्नुहोस् । यदि कुनै कामले बाहिर निस्कन पर्ने भए पनि मास्कले नाकमुख पूरै छोप्ने गर्नुपर्छ । मास्क लगाउन समस्या छ भने, स्कार्फले पनि छोप्न सकिन्छ ।

चिसो मौसममा मानिसहरु कम पानी पिउँछन् । शरीरमा यसको कमी हुन नदिएर झोल पर्दा धेरै खाने गर्नुहोस् । घरमा कोही बिरामी छ भने, उससँग दूरी कामय गर्नुहोस् । किनकी एलर्जीको समस्याले अरु पनि संक्रमित हुनसक्छन् । 

दमका बिरामीका लागि प्रदूषणबाट टाढै राख्न्ुहोस् । चिसो हुनाले धेरै समय घरमै बस्न आवश्यक हुन्छ । घरलाई पनि सँधै सफाइ गर्नुहोस् । आफ्नो ओडेने कम्बल वा सिरकलाई हप्तामा एकपटक तातो पानीले धुनुपर्दछ । 

यदि तपाइ घरबाट बाहिर शारीरिक अभ्यास गर्न जानुहुन्छ भने आधा घण्टा हिले इनहेलरको प्रयोग गरेर घरबाट बाहिर निस्कनुपर्दछ । यसले तपाइको वायुमार्गलाई खुला राख्न मद्दत गर्दछ । इनहेलर सँधै साथमै राख्नुहोस् ।

आफ्नो हात समयसमयमा धुने गर्नुहोस् । यदि आफ्नो आँखा, नाक वा मुखलाई छुनुहुन्छ भने, त्यसबाट भाइरसको संक्रमण बढ्ने सम्भावना बढी हुन्छ । यसका साथै धुम्रपान बन्द गर्नुहोस् । धुम्रपान हुने क्षेत्रभन्दा टाढै रहनुहोस् । 
धेरै जाडो बढेपछि न्यानो पारेर दमलाई नियन्त्रण गर्ने कोशिस गर्नुहोस् यदि चिकित्सकसँगै जानुपर्ने भयो भने, पहिले नै फ्लुको भ्याक्सिन लगाउनुहोस् । 

salt training

कमेन्ट गर्नुहोस्