
पञ्जावी सिंगर तथा अभिनेता दिलजीत दोसान्झले दिल्लीमा आन्दोलनरत किसानको आन्दोलनलाई समर्थन गर्दै सहयोगका लागि एक करोड ६० लाख रुपैयाँ उपलब्ध गराएका छन् । ११ दिनदेखि सकडमै बास बसेर कृषि कानुन खारेजीको माग गर्दै आएका किसानलाई चिसोबाट बचाउन उक्त सहयोग गरेका हुन् ।
उनले दिएको उक्त रकमले किसानलाई चिसोबाट बचाउन कपडा र खाना खुवाइने छ । चिसो मौसममा पञ्जावका किसान र ज्येष्ठ नागरिक सिंघु सीमा क्षेत्रमा बसेर धर्ना दिइरहेका छन् ।
दिलजीतले चिसो मौसमलाई मध्यनजर गर्दै उक्त सहयोग गरेका हुन् । उनले एक भिडियो सार्वजनिक गर्दै आन्दोलनमा सहभागी किसान र ज्येष्ठ नागरिकको रक्षाका लागि एक करोड ६० लाख रुपैयाँ दिएको बताएका छन् ।
आन्दोलनरत पक्षले दिलजीतको यो सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका सिंघाले दिलजीतले दिएको यो रकम ठूलो सहयोग भएको बताएका छन् । दिलजीतले दिएको रकमबाट किसानलाई न्यानो कपडा र खाना खुवाइने छ । केही कम्बल र कपडा खरिद गरिसकिएको छ ।
यस्तै, पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिएर विवादित बनेकी अभिनेत्री कंगना रनौतलाई दिलजीतले पनि आलोचना गरेका छन् । किसान आन्दोलनमा आएकी बृद्ध महिलालाई शाहीन बागकी हजुरआमालाई बोलाइएको र उनीहरु कुनै पनि आन्दोलनमा एक सय रुपैयाँका लागि सहभागी हुने बताएकी थिइन् ।
‘महिला भएर पनि हाम्रा माताहरुलाई तपाई यस्तो अपमान कसरी गर्न सक्नुहुन्छ ?’ दिलजीतले ट्वीटमा भनेका छन् ।