०५ साउन २०८३, मंगलबार

चुनाव भएको ३ वर्ष पूरा, आम निर्वाचनका लागि अब २ वर्ष मात्र बाँकी

मंसिर २१, २०७७
चुनाव भएको ३ वर्ष पूरा, आम निर्वाचनका लागि अब २ वर्ष मात्र बाँकी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको ३ वर्ष पूरा भएको छ ।

३ वर्षअघि आजैकै दिन अर्थात् २०७४ मंसिर २१ गते दोस्रो चरणको चुनाव सम्पन्न भएको थियो । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला तथा मंसिर २१ गते बाँकी जिल्लामा निर्वाचन भएको थियो । 

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ तत्कालीन नेकपा एमालेले ८०, तत्कालीन माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २३, तत्कालीन राजपाले ११, संघीय समाजवादी फोरमले १० तथा नयाँ शक्ति, नेमकिपा, राप्रपा र नेमकिपाले १–१ सिट जितेका थिए ।

मंसिरमा चुनाव भए पनि समानुपातिक तर्फको मतगणनामा ढिलाइ भएका कारण सांसदहरूको शपथ फागुन २० गते भएर प्रतिनिधि सभाको पहिलो बैठक फागुन २१ गते बसेको थियो । संविधानको धारा ८५ मा प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुने व्यवस्था छ । 

२०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भइ फागुन २७ गते विश्वासको मत पाएको थियो । प्रतिनिधिसभा निर्वाचनको ३ वर्ष पूरा भएसँगै झण्डै दुईतिहाइ बहुमत प्राप्त सरकारको पनि झण्डै ३ वर्ष हुँदैछ ।

संकटकालीन अवस्थाबाहेक निर्वाचन सम्पन्न भएको ५ वर्षभित्र अर्थात् २०७९ मंसिरमा आम निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगका एक पूर्व आयुक्तले बताए । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि ४ वर्ष पूरा हुँदैछ । स्थानीय तहको चुनाव पनि ५ वर्षमा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्