०७ असार २०८३, आइतबार

घट्यो सुनको मूल्य

मंसिर २१, २०७७
घट्यो सुनको मूल्य

नेपाली बजारमा आइतवार सुनको मूल्यमा गिरावट आएको छ । 

आइतवार छापावाल सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन (शुक्रवार) छापावाल सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

कमेन्ट गर्नुहोस्