
पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा एक विमानको आकस्मित अवतरणको भिडियो भाइरल बनेको छ । यो भिडियो देखेपछि अधिकांश मानिस अचम्मित बनेका छन् ।
रिपोर्टअनुसार बुधबार साँझ साढे ९ बजे अमेरिकाको मिनिसोटा राज्यमा एक सिंगल इन्जिनको विमान व्यस्त सडक बीचमा आकस्मिक अवतरण गर्दछ । अवतरणका क्रममा एक युविसी कारसँग ठोक्किएको थियो ।
तर, यो घटनामा कुनै ठूलो चोटपटक भने लागेको छैन । मिनिसोटा डिपार्टमेन्ट अफ ट्राँन्सपोर्टले यो घटनाको भिडियो ट्वीटरमा शेयर गर्दै भनेको छ, ‘गएराति एक जहाज ३५ डब्लु सडकमा अवतरण गरेको छ । यो घटनामा कोही पनि घाइते नहुनु हाम्रा लागि खुशीको कुरा हो ।’
पाइलटको बुद्धिमानीका कारण ठूलो दुर्घटना हुनबाट टरेको बताएको छ ।
ICYMI: A plane landed on 35W last night. (Yes, really!)
While this isn't *quite* what we mean by a "multimodal transportation system," we're glad no one was injured and are impressed by the pilot's effort to #zippermerge from above! pic.twitter.com/imPdiQ1wMX— Minnesota Department of Transportation (@MnDOT) December 3, 2020