०७ असार २०८३, आइतबार

चोरीको बोकाले तनाव दिएपछि प्रहरी चौकीमा फिर्ता गरियो

मंसिर २१, २०७७
चोरीको बोकाले तनाव दिएपछि प्रहरी चौकीमा फिर्ता गरियो

ग्रेटर नोएडामा एक अचम्म लाग्दो घटना सार्वजनिक भएको छ । केही दिनअघि ग्रेटपूर्व नोयडाको बिलासपुर नजिक २ चोरले एक बोका चोरेर लैजाँदै थिए । त्यसैबेला प्रहरीले आशंका गरेर सोधपुछ गर्न थाल्यो । त्यतिकैमा दुवै जना बोका त्यहीँ छाडेर भागे । यो घटना छिमेकी देश भारतको हो । 

प्रहरीले पछि एक जनालाई बोका हेरचाहको जिम्मेवारी दिए । तर, बाख्राले त्यस व्यक्तिलाई यति धेरै तनाव दियो कि परिवारका सदस्यले बोकालाई प्रहरी चौकीमा छाड्नुप¥यो । 

प्रहरीकाअनुसार यो बोकाले दिनमा तीन सय २० रुपैयाँ बराबरको खाना खान्छ । यस्तोमा उक्त परिवारसँग यति रुपैयाँ थिएन । यस कारण पाल्न नसक्ने भन्दै बोकालाई जिम्मेवारी लिएका व्यक्तिले प्रहरी चौकिमै फिर्ता गरिदिए । 

‘करिब एक साताअघि २ जना व्यक्ति बोका बेच्नका लागि आएका थिए । हाम्रा सिपाइ दिवानजी ड्युटीमा हुनुहुन्थ्यो । उनीहरु चोर भएको हामीलाई सूचना आयो, जब प्रहरी चोरको नजिक पुगे, बोकालाई छाडेर उनीहरु फरार भए,’ प्रहरी अधिकारीले भनेका छन् । 

त्यसपछि प्रहरीले उक्त बोकालाई एक व्यक्तिलाई पाल्न दिए । कोही आफ्नो भन्दै दावी गर्न आए केही रकम लिएर बोका दिन प्रहरीले त्यस व्यक्तिलाई निर्देशन दिए । तर, बोका पाल्न असमर्थ भएपछि ती व्यक्तिले पुनः प्रहरी चौकीमै लगेर बोका फिर्ता गरे । 

कमेन्ट गर्नुहोस्