२३ असार २०८३, मंगलबार

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था नवीकरण गर्न मन्त्रालयको आग्रह

मंसिर २१, २०७७
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था नवीकरण गर्न मन्त्रालयको आग्रह

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था नवीकरणको लागि निवेदन पेश गर्न आग्रह गरेको छ । 

एक सूचना जारी गर्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । ्

मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ बमोजिम प्रत्येक आर्थिक वर्षको पुष मसान्तभित्र संस्था नवीकरण गरिसक्नुपर्ने भएकाले समयमै तोकिएको दस्तुर बुझाइ नवीकरण गर्न आग्रह गरेको हो । 

मन्त्रालयका अनुसार, एभरेष्ट बैंक, सिंहदरबार शाखाको ००१००१०६२००००० खाता नम्बरमा तोकिएको दस्तुर रकम जम्मा गरी त्यसको भौचर र साथमा आवश्यक कागजातसहित पौष एक गतेदेखि पौष मसान्तभित्र मन्त्रालयमा सूचीकरण नवीकरणको लागि निवेदन दिनुपर्ने छ ।

निवेदनसाथ पेश गर्नुपर्ने कागजात र विवरहणहरु नोटरी पब्लिककाे कार्यालयबाट प्रमाणित गरी पेश गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्