रुकुम, १ जेठ– माओवादीको उद्गमथलो रुकुमको मुसीकोट गाउँपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । माओवादीको किल्लामा मानिने रुकुममा कांग्रेसले विजयी सुरुवात गरेको हो ।
यस्तै मुसीकोट गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका उम्मेदवारले नै अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका महेन्द्र केसीले ८११, माओबादी केन्द्रका देवीलाल गौतमले ४५४ र नेकपा एमालेका बिमल कुमार पुनले २२३ मत प्राप्त गरेका छन् ।