०५ साउन २०८३, मंगलबार

के अहिले पनि रेखाले सञ्जय दत्तकै नामको सिन्दुर लगाइरहेकी छिन् ?

मंसिर २०, २०७७
के अहिले पनि रेखाले सञ्जय दत्तकै नामको सिन्दुर लगाइरहेकी छिन् ?

बलिउडकी दिग्गज अभिनेत्री रेखाको जिन्दगी रहस्यभन्दा कम छैन । उनी आज पनि उत्तिकै राम्री देखिन्छन्, जति आफ्नो समयमा थिइन् । 

रेखा आज पनि पूरै सोह्र श्रृंगारका साथ कैयौं पार्टी तथा भोज हरुमा देखिने गरेकी छन् । तर, रेखा सँधै सबैका लागि किन रहस्यमय हुन्छिन् । रेखा कसको नामको सिन्दुर लगाउँछिन् यो महत्वपूर्ण प्रश्न हो । 

रेखाको व्यक्तित्वप्रति सँधै बजारमा चर्चा हुने गरेको छ । तर, कुनै पनि दावीको सत्यतथ्य के हो भन्ने बारे उनले अहिलेसम्म मुख खोलेको पाइँदैन ।

आजसम्म उनी कसको नामको सिन्दुर लगाउँछिन् भन्ने पुष्टि हुन सकेको छैन । तर, यस विषयमा लिएर एक सनसनीपूर्ण खुलासा भएको छ । पछिल्लो दिन रेखाको बायोग्राफी ‘रेखाः द अनटोल्ड स्टोरी’मा उनको जिन्दगीसँग जोडिएका अनेक रहस्यबाट पर्दा उठेको छ । यो किताब यासीर उस्मानले लेखेका हुन् । 

यस किताबमा एकातर्फ खुलासा गरिएको छ भने जसमाथि एकिन गर्न थोरै मुस्किल पनि देखिएको छ । तर, रेखा सञ्जय दत्तको नामको सिन्दुर लगाउने गरेको भने सत्य हो । पछिल्ला दिनमा सामाजिक सञ्जालमा सञ्जय दत्त र रेखाले गोप्य तरिकाले बिहे गरेको विषयले खुब चर्चा पाएको छ । जबकी उनका पूर्व पति मुकेश अग्रवालको धेरै समयअघि मृत्यु भइसकेको छ । 

यो खबरलाई खारेज गर्दै उस्मानले एक कार्यक्रममा गलत भएको बताएका छन् । सञ्जय र रेखाबारे किताबमा कुनै पनि कुरा बाहिर भनिएको जस्तो नलेखिएको बताएका छन् । आफूले किताबमा लेखिएको घटनाबारे बताउँदै सञ्जय र रेखाले १९८४ मा आएको फिल्म जमीन आसमानमा सँगै काम गरेको उल्लेख गरे । 

त्यहीबेला नै दुईबीचको प्रेमको अफवाह फैलिएको उस्मानले बताएका छन् । यतिसम्म कि दुवैजनाले बिहेसम्म गरेको कुरा चर्चा चलेको थियो । यो अफवाह यतिसम्म भयो कि सञ्जयले एक म्यागेजिनमा यो अफवाह गलत भएको बताउनुपरेको थियो । आधिकारित तरिकाले इन्कार गरिएको यो पहिलो घटना थियो । 

दुईबीचमा बिहे नभएको उस्मानले बताएका छन् । ‘सञ्जयले आधिकारित तरिकाले गलत भएको प्रष्टिकरण दिनु परेपछि यो अफवाह ठूलो मानिएको हो,’ उस्मानले भनेका छन् । उस्मानले किताबमा त्यसबेला धेरै मानिसको नाम एक्टर्ससँग जोडिएको लेखेका छन् । जसमा शैलेन्द्र सिंह, कमल हसन, प्रोड्युसर राजीवकुमार र सञ्जय दत्त सामिल थिए ।

एक दिन सञ्जयसँग उनको बिहे भएको खबर बाहिरिएको थियो । मिडिया रिपोर्टअनुसार यासर उस्मानको किताबमा ‘रेखाः द अनटोल्ड स्स्टोरी’ मा जमीन आसमानको सुटिङका बेला रेखा र सञ्जय प्रेममा परेका थिए । 

त्यसपछि उनीहरुले गोप्य रुपमा बिहे गरेका थिए । तर, जब यो कुरा सञ्जयका पिता सुनिल दत्तको थाहा भयो पछि उनले सञ्जयको बिहे रिचासँग गराइदिएका थिए । खबरअनुसार यो विषयलाई लिएर अहिलेसम्म सञ्जय र रेखाका तर्फबाट कुनै टिप्पणी आएको छैन । यस किताबमा रेखासँग जोडिएका कैयौं रहस्य खुलेका छन् । 

कमेन्ट गर्नुहोस्