
आचार्य चाणक्यलाई शिक्षाविदसँगै एक महान अर्थशास्त्रीको रूपमा पनि चिनिन्छ । चाणक्यले आफ्नो अनुभवलाई नीतिशास्त्रका बढो मेहनतका साथ वर्णन गरेका छन् । नीति शास्त्रमा चाणक्यले जीवनसँग जोडिएका कयौँ कुराहरु गरेका छन् । साथै उनले धनवान् बन्नको लागिदेखि लिएर प्रगतिको बाटो लम्कनको लागि केहि उपाय वर्णन गरेका छन् ।
उनका अनुसार प्रायः मानिसहरु पैसा कमाउनको लागि दिनरात मेहनत गर्दछन्, तर पनि धनको सञ्चय गरेर धनवान हुन सक्दैनन् । चाणक्य भन्छन्, ‘सुखी जीवनको लागि धनको आवश्यकता हुँदैन । उनका अनुसार, कुनै पनि व्यक्तिलाई केही कुराले नै उसलाई धनवान बनाइदिन्छ ।’
आचार्य चाणक्यका अनुसार जति पैसा कमाउन कठिन हुन्छ, त्यसलाई खर्च गर्न पनि मुश्किल हुने गर्दछ । धनलाई सोचविचार गरेर खर्च गर्नुपर्दछ । नीति शास्त्र अनुसार, जो व्यक्ति बिना सोच पैसा खर्च गर्दछन, उसँग कहिल्यै धन टिक्दैन ।
चाणक्य भन्छन् कि धनको लागि सबैभन्दा जरुरी लक्ष्यलाई केन्द्रित गर्नु पर्दछ । नीति शास्त्रका अनुसार, व्यक्तिलाई लक्ष्यको लागि जहिल्यै दृढ रहनु पर्दछ ।
चाणक्यका अनुसार, यस्ता व्यक्तिको साथ लाग्नुहुँदैन जो सफलताको बाटोमा बाधा बन्छन् ।
नीतिशास्त्रका अनुसार, मानिसलाई जहिल्यै यस्तो स्थानमा रहनुपर्दछ जहाँ रोजगारको साधन उपलब्ध हुन्छन् । उनका अनुसार, कुनैपनि व्यक्तिलाई जहिल्यै इमान्दारीसँग पैसा कमाउनु पर्दछ । छल र कपटबाट कमाएको धन टिक्दैन । नीतिशास्त्र अनुसार, मेहनतले कमाएको धन सधैँ काम आउँदछ ।
जसरी कितावी ज्ञानको बढि महत्व हुँदैन, त्यसरीनै धन अरुसँग रहेको कुनै अर्थ रहँदैन । यसकारण धनको मामलामा सधैँ सतर्क रहनु पर्दछ ।